आमा समूहद्वारा आयातीत मदिरा निषेध
म्याग्दी | फागुन १२, २०७९
म्याग्दी: सामाजिक विकृतिविरुद्ध लड्न यहाँका महिला एकजुट भएका छन्। जिल्लाको मालिका गाउँपालिका–५, मगरदाङका महिलाले मदिरा सेवन गरेर होहल्ला, झै–झगडा र सामाजिक सद्भाव बिगार्नेलाई जरिवाना तिराउनेसमेत नियम बनाएका छन्।
आमा समूहको अगुवाइमा १५ हजार रुपियाँसम्म जरिवाना तिराउने नियम बनाइएको छ। मगरदाङ आमा समूहले जनप्रतिनिधि र अगुवाहरूको सहभागितामा हिउँदे गाउँसभा गरेर सामाजिक विकृति र हिंसा न्यूनीकरणका लागि नियम बनाउनुका साथै ज्याला र कृषि उपजको मूल्य निर्धारण गरेको हो।
समूहकी अध्यक्ष राजमती बुढाले जुवातास खेल्न र आयातीत मदिरा सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको बताउनुभयो। “हाम्रो गाउँभित्र आयातीत मदिरा बेचबिखन गर्न रोक लगाएका छौ,” उहाँले भन्नुभयो, “तोकिएको भन्दा अन्य समयमा घरेलु मदिरा सेवन गरेर होहल्ला, झगडा र अशान्ति फैलाउनेलाई जरिवाना तिराउछौँ।”
संस्कारगत विवाह, छेवर, किरिया र घरमा साँझको समयमा मात्र गाउँमै उत्पादन भएको मदिरा प्रयोग गर्न छुट दिइएको छ। मगर समुदायको बाहुल्य रहेको मगरदाङमा २५० घरधुरी छन्।
तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक पाँच हजार रुपियाँ, दोस्रो पटक दश हजार रुपियाँ र तेस्रो पटक पन्ध्र हजार रुपियाँ जरिवाना तिराएर प्रहरीको जिम्मा लगाइने मगरदाङ आमा समूहकी सचिव सुनिता पुनले बताउनुभयो।
समूहले निर्णय कार्यान्वयनका लागि टोलटोलमा महिलाहरूको निगरानी समूह बनाएका छन्। मदिराको अव्यवस्थित सेवन तथा जुवातास र लागूपदार्थ दुव्र्यसनीका कारण उत्पन्न घरेलु हिंसा, सामाजिक सद्भावमा असर र विकृति नियन्त्रणका लागि महिला अग्रसर बनेका हुन्। आमा समूहको प्रयासमा वडाका जनप्रतिनिधि, राजनीतिक दल र देउताभीर युवा क्लबले पनि साथ दिएका छन्।
गाउँ सभामार्फत उमेर समूहअनुसार मजदुरको ज्याला र कृषि उपजको मूल्य निर्धारण गरिएको छ। सबैभन्दा कम खेतालाको दैनिक चार सय रुपियाँदेखि अधिकतम हलगोरुसहितका हलीलाई प्रतिदिन एक हजार चार सय रुपियाँ ज्याला तोकिएको छ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

